News Portal

गिरीबन्धु टी स्टेटमा बम जस्तो शंकास्पद वस्तु फेला

रातोपोस्ट संवाददाता
५३ पटक

झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । शंकास्पद वस्तुसँगै नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पहिला नै कतै पड्किएको कुकर बम तर्साउनका लागि त्यहाँ ल्याएर राखेको हुनसक्ने बताए।

प्रतिकृया दिनुहोस्