News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

जेसीज नकआउट फुटबल : रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा

झापा, १६ चैत । रोलिङ क्लब धुलाबारीले शुक्रबार शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण...बाँकी

गृह मन्त्रालयले हटायो सादा पोशाकमा खटिने प्रहरी

काठमाडौं, १५ चैत । सादा पोशाक (घुमुवा)का प्रहरी हटाइने भएको छ। घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरी हटाउन निर्देशन दिएकाे...बाँकी

जेसीजको कार्गिल गोल्डकपमा बाहुण्डाँगीको विजयी

झापा, १५ चैत । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर-४, स्थित सरस्वती माविको...बाँकी

पूर्व–पश्चिम राजमार्ग विस्तारमा चार हजार सात सय रुखमध्ये आधा कटान

झापा, १५ चैत । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउन काँकडभिट्टादेखि इटहरीसम्म ठेक्कासमेत लागिसकेको छ ।...बाँकी

एसइई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै

झापा, १५ चैत । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर २ हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका ५ लाख ४ हजार...बाँकी

कोईला व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत चयन

झापा, १४ चैत । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने...बाँकी

शुभसाइत सहकारीका उपाध्यक्षसहित ३ जना पक्राउ

झापा, १४ चैत । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव...बाँकी

हात्तीको आक्रमणबाट शिवसताक्षीमा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

झापा, १४ चैत । जंगली हात्तीको आक्रमणबाट रतुवामाई बृक्षरोपण आयोजनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आज साँझ ५.३० बजेको समयमा रतुवामाई बृक्षरोपण आयोजनामा दाउरा लिन गएका शिवसताक्षी ११ बस्ने ६०...बाँकी

बिहे गर्दै गायिका एलिना चौहान

काठमाडौं, १२ चैत । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको...बाँकी

कम्युनिष्ट एकताका लागि एकीकृत समाजवादी बाधक बन्दैन : अध्यक्ष नेपाल

काठमाडौं, १० चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताएका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न...बाँकी