News Portal

  • टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि सिरिजकाे फाइनल खेल भोलि हुँदै ।

    रातोपोस्ट संवाददाता
    ६७८ पटक

    झापा।झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको पुरुष  टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि ट्राई सिरिजकाे  फाइनल खेल भोलि हुने भएको छ।

    उक्त  खेेेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा आयोजक मिलन क्रिकेट र धुलाबारी क्रिकेट क्लबबिच महिला टि-ट्वान्टि ट्राई सिरिज ४ गतेदेखि सञ्चालन भएको थियो ।  उक्त सिरिजमा आयोजक मिलन क्रिकेट क्लब काकडभिट्टाले  धुलाबारी क्रिकेट क्लबलाई दुईवटा खेलमा पराजित गर्दै सिरिज आफ्नो नाममा पारिसकेको छ। उक्त खेलकाे फाइनल खेलपनि भोलि  ७ गते मंगलबार पुरुष क्रिकेट टि-टेन लिगकाे फाइनल खेल सँगै एकैदिन हुने भएको छ। प्रतियोगिताकाे भव्य समापनका लागि पनि महिला र पुरुष क्रिकेटको फाइनल एकैदिन गर्न लागिएको आयोजक क्लबका विरु श्रेष्ठले बताए ।

    यसअघि प्राविधिक समस्याका कारण २ गते हुने भनिएको टि-टेन लिगको  फाइनल खेल ४गते शनिबारका लागि सारिएको थियो ।काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको टि-टेन क्रिकेट लिगमा जम्मा १२ वटा टिमकाे सहभागीता रहेको थियोे ।

    लिग अन्तर्गत गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा  होराइजन क्रिकेट एकेडेमी बिराटनगर  र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका थिए।

    उक्त टि-टेन क्रिकेट लिग प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)