News Portal

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

रातोपोस्ट संवाददाता
१४१० पटक

कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  ।

उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् ।

श्रेष्ठले १२१८ मतान्तरको फरकमा जितेका हुन् ।

त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् ।

उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्