News Portal

  • कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु, दुई घाइते

    रातोपोस्ट संवाददाता
    ४८१ पटक

    काठमाडौं : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन्।

    दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।  दुर्घटनामा परी धर्मेन्द्रकुमार साह र मनोरथ मण्डल घाइते भएका छन्। घाइतेमध्ये साहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ।

    उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए  घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा रहेको छ।

    घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)