News Portal

आजदेखि सताक्षी गोल्डकप : आयोजक र मनाङ भिड्दै

रातोपोस्ट संवाददाता
९३६ पटक

झापा। सताक्षी गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । सिजनकै पहिलो प्रतियोगितामा उद्घाटन खेलमा आयोजक आयोजक र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे सुरु हुनेछ । ए डिभिजन क्लबसहित आठ वटा क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गनिेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस्