News Portal

झापा गोल्डकप: उपाधीका लागि भिड्दैछन् एपीएफ र चर्च ब्वाइज

रातोपोस्ट संवाददाता
९५ पटक

झापा, २८ फागुन । झापाको बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको उपाधीका लागि आज विभागिय टिम एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड भिडदैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने आँकलन छ ।

गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपबिजेताले सात लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्