News Portal

फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरु नियुक्त

रातोपोस्ट संवाददाता
१३६१ पटक

पोखरा । फेवा टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पोखरामा क्रियाशिल पत्रकार माधव पनेरु नियुक्त हुनुभएको छ ।

पोखरेली पत्रकारितामा एक दशक भन्दा धेरै लामो समयदेखी क्रियाशिल पत्रकार पनेरुलाई मंगलबार बसेको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत ( सिईओ) मा नियुक्त गरेको टेलिभिजनका प्रबन्ध निर्देशक लिला बहादुर जिसीले जानकारी दिएका छन ।

सुचना सम्प्रेषण तथा नयाँ जानकारीहरुको प्रवाह मार्फत सामाजिक सचेतिकरणमा टेलिभिजनको प्रभावलाई थप विश्वासिलो साथ नयाँ उचाईमा पुर्याउने सिईयो पनेरुले बताए  ।

यसैबिच मंगलबार बसेको संचालक समिति बैठकले छत्रधर आत्रेयलाई संचालक समिति सदस्यमा चयन गरेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने फेवा टेलिभिजन यसक्षेत्रको लोकप्रिय टेलिभिजनका रुपमा स्थापित रहेको छ ।

प्रतिकृया दिनुहोस्