News Portal

बामपन्थी नेता कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाइने, दिल्ली सरकारले दियो अनुमति

रातोपोस्ट संवाददाता
८५४ पटक

काठमाण्डौ।  अरविन्द केजरीवाल सरकारले कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार केजरीवाल नेतृत्वको दिल्ली सरकारले यसको अनुमति दिएको हो ।

सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरू विश्वविद्यालयमा कथित रुपमा भारत विरोधी नारा लगाएको विषय सार्वजनिक भएको थियो ।

यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत अन्य सात जनालाई अभियुक्त बनाएर उनीहरूमाथि देशद्रोहको मुद्दा दायर गरेको थियो ।

पुलिसले अदालतमा आरोप पत्र दायर गरेको थियो तर मुद्दा चलाउन दिल्ली सरकारको अनुमति चाहिन्छ ।  तर दिल्ली सरकारले अहिलेसम्म यसको अनुमति दिएको थिएन ।

केही दिनअघि सर्वोच्च अदालतमा बिन्ती पत्र पनि दर्ता गरिएको थियो, जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले त्यो बिन्ती पत्रलाई रद्द गरेको थियो ।

प्रतिकृया दिनुहोस्