News Portal

  • कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा धेरै

    रातोपोस्ट संवाददाता
    ७३० पटक

    एजेन्सी। कोरोनाभाइरसका कारण विश्वभर १० हजार ४ सय ६ जनाको मृत्यु भएको छ । १ सय ८३ मुलुकमा फैलिसकेको कोरोनाभाइरसका कारण २ लाख ५३ हजार ७ सय ९६ जना संक्रमित भएका छन् ।

    १ लाख ५४ हजार ३ सय २८ जनाको उपचार भइरहको छ । तीमध्ये ७ हजार ४ सय ५८को गम्भीर रहेको छ । कोरोनाकोउद्गम चीनमा भन्दा इटलीमा मृतकको संख्या धेरै भएको छ । इटलीमा मृतकको संख्या ३ हजार ४ सय ५ पुगेको छ ।

    इरानमा १४ सय ३३ जनाको मृत्यु भएको छ । स्पेनमा मृतकको संख्या १ हजार २ पुगेको छ । जर्मनीमा ४४, अमेरिकामा २ सय १७, फ्रान्समा ३ सय ७२, दक्षिण कोरियमा ९४, स्विजरल्यान्डमा ४३, नेदरल्याण्डस्मा ७६ त्यसैगरी बेल्जियममा ३७ जनाको मृत्यु भएको छ ।

    भाइरसको संक्रमण फैलिएसँगै युरोपका विभिन्न देशहरुले अधिकांश व्यवसाय बन्द गर्नुका साथै सार्वजनिक स्थलमा हिडडुल र जमघटमा प्रतिवन्ध लगाएका छन् ।

    यसैबीच विश्व बैंक, युरोपेली केन्द्रीय बैंक लगायतका संस्थाले महामारी नियन्त्रणका लागि आपतकालीन कोषहरु स्थापना गर्न थालेका छन् ।

    ती संस्थाहरुले कोरोनाको जोखमका कारण बढ्दै गएको महामारी नियन्त्रणका लागि कोषको रकम खर्च गर्न सकिने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)