News Portal

  • कोरोना फैलने डरका कारण उत्पन्न तनावपछि झडप हुँदा कोलम्बियामा २३ को ज्यान गयो

    रातोपोस्ट
    ३९३ पटक

    एजेन्सी । कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ जना कैदीको मृत्यु भएको छ ।

    कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएको समाचारमा जनाइएको छ ।

    कोलम्बियाका न्यायमन्त्री मार्गारिता काबेलोले ला मोडा जेलमा भएको भागदौडमा ८३ जना घाइते भएको पुष्टि गरेका छन् ।

    देशभरका कैदी बन्दीले आफूहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दा विरोध गरेपछि भएको घटनाबारे छानविन भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    घटनामा गम्भीर घाइते भएका ३२ जना कैदी र सात जना सुरक्षाकर्मीको उपचार भइरहेको छ ।

    कोरोनाबाट बच्न कारागारमा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाइएपनि अप्रत्यासित रुपमा घटना गराइएको सरकारी अधिकारीहरुको दाबी छ ।

    घटना लगत्तै ठूलो संख्यामा कैदी बन्दीका आफन्तहरु कारागार बाहिर भेला भएको समाचारमा जनाइएको छ ।

    देशभर रहेका एक सय ३२ कारागारको क्षमता ८१ हजार रहेपनि एक लाख २१ हजार कैदी राखिएको न्याय मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)