News Portal

भारतमा माओवादी आक्रमणबाट १७ सुरक्षाकर्मी मारिए

रातोपोस्ट संवाददाता
९२७ पटक

एजेन्सी। भारतमा सशस्त्र माओवादीको आक्रमणबाट १७ जना सुरक्षाकर्मी मारिएका छन् । माओवादी प्रभावित छत्तीसगढमा १७ शव भेटिएको हो ।

इन्डियन एक्सप्रेसले हराइरहेका सुरक्षाकर्मीको शव फेला परेको जनाएको छ ।  आइतबार उनीहरुको शव फेला परेको जनाइएको छ ।

छत्तीसगढका डिजिपी दुर्गेश अवस्थीले १७ शव निकालिएको बताएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

उक्त क्षेत्रमा सुरक्षाकर्मी र नक्शलाइटबीच पाँच घन्टा भिडन्त भएको बुझिएको छ । ठूलो संख्यामा माओवादी सशस्त्र समूह रहेको सूचनाका आधारमा प्रहरी पुगेको र फर्कंदा एम्बुसमा पारिएको बताइएको छ ।

भारतीय प्रधानमन्त्रीले घटनाको भत्र्सना गर्दै वीरगति प्राप्त गरेका सुरक्षाकर्मीका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्