News Portal

जिन्दगीकै महंगो बर्थ डे पाटी काल बन्याे

रातोपोस्ट संवाददाता
१५९६ पटक

एजेन्सी।भेरा लुसियाको जन्म दिनको पाटी उनकै घरमा रमाइलोसँग भएको थियो, जहाँ २८ जना सामेल थिए। पार्टीमा लुसियाका पति पाउलो भियराका दाजु तथा बहिनी पनि थिए। पाउलो, उनका दाइ क्लोभिस र बहिनी मारिया पार्टीमा अरु सदस्यसँगै रमाएका थिए। तर के थाहा यो पार्टीले उनीहरु तीनै जनाको मृत्युको ढोका खुल्नेछ।

पार्टीको केही समयपछि नै आधाभन्दा बढी सहभागीमा रुघाखोकी, ज्वरो तथा श्वास लिन समस्य हुनेजस्ता लक्षण देखियो। सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। अधिकांशमा सामान्य लक्षण थियो। सबैले ठाने धेरै मेडिकल केयर आवश्यक छैन।

तर लक्षण देखा परेको एक साताभित्रै उनीहरुको मृत्यु भयो। पाउलोकी बहिनी मारिया निधन कोभिड १९ कै कारण भएको प्रशासनले पुष्टि गर्‍यो।

मारियाकी छोरी राफेलाले बीबीसीसँग भनिन्, ‘अब हामी निश्चिन्त भयौं मेरी आमाको मृत्यु कोरोना भाइरसबाटै भएको हो, यसबाट थाहा हुन्छ यो कति आक्रामक छ, मेरी आमालाई अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो, तै पनि डाक्टरले उनलाई बचाउन सकेनन्।’

मारिया मधुमेहकी बिरामी थिइन्। संक्रमणपछि उनको अवस्था तिब्रताका साथ बिग्रिएको थियो।

भेरा लुसिया र उनको छोरा दुवैमा कोरोनाको लक्षण देखिएको थियो। तर उनीहरु दुवै निको भए। लुसिया भन्छिन्, ‘शारीरिक रुपमा म ठीक छु, मात्र अलि अलि खोकी छ तर यो निकै अप्ठरो परिस्थितिबाट हामी गुज्रियौं, हामी डरका साथ बाँचिरहेका छौं।’

सुरुमा पार्टीमा सामेल भएकाहरुले पत्याएका पनि थिएनन् कि उनीहरुलाई कोरोना भयो भने। संक्रमणपछि निको भएका एक सदस्यले भने, ‘त्यतिबेला ब्राजिलमा कोरोना संक्रमण निकै कम थियो, यसैले भाइरस हामीसम्म आइपुग्न निकै समय लाग्ने हामीले ठान्यौं।’

पार्टीमा सामेल भएकाहरु सबैको स्वास्थ्य त्यतिबेला ठीक थियो। यसले कसैलाई पनि थाहा भएन पहिले कसलाई संक्रमण भयो भनेर। मारियाको मृत्युपछि उनका ६२ वर्षीय दाजु क्लोभिसको पनि अवस्था बिग्रन थाल्यो। क्लोभिसका छोरा आर्थर भन्छन्, ‘पार्टीको ३ दिनपछि बुबाको खोकी निकै बढ्यो, टाउको दुख्ने र ज्वरो आउने भयो, सुँघ्ने र स्वादको क्षमता हरायो।’

क्लोभिसमा पहिला कुनै स्वास्थ्य समस्या थिएन। तर पनि उनी लगातार असहज महसुस गरिरहेका थिए। आर्थरले बुबालाई २३ मार्चमा अस्पताल लगे। तर उनलाई फिर्ता गरियो। आर्थर भन्छन्, ‘डाक्टरले कोरोना भाइरस हुन सक्छ् भनेर कल्पना पनि गरेनन्।’

क्लोभिस बिरामी भएपछि भेरा लुसियाका पति पाउलोको पनि स्वास्थ्य समस्या बिग्रियो। उनलाई अस्पताल लगियो। पाउलो परिवारका अन्य सदस्यको तुलनामा स्वस्थ मानिन्थे। अस्पताल लैजानेबित्तिकै उनको अवस्था बिग्रियो। २ दिनपछि उनलाई आइसीयुमा लगियो।

क्लोभिस र पाउलो अत्यन्त निकट थिए। मृत्युको समयमा पनि उनीहरुले एक अर्काको साथ छाडेनन्। आइसीयुमा पनि उनीहरुको बेड सँगै थियो। दुवैको मृत्यु कोरोना भाइरसका कारण भएकोमा चिकित्सकहरु पनि विश्वस्त छन्।

प्रतिबन्धका बीच अन्तिम संस्कार

मारियाले हर्ट अट्याकका कारण १ अप्रिलका दिन ज्यान गुमाइन् भने पाउलोले अप्रिल ३ मा संसारबाट बिदा लिए। उनीहरुको मृत्युपछि सरकारी एजेन्सीको सल्लाहमा शवलाई सिलबन्दी गरेर गाडियो। क्लोभिसको अन्तिम संस्कार उनकै इच्छा अनुसार गरियो। तीन जनाको अन्तिम संस्कार अलग–अलग दिनमा गरियो । सरकारी निर्देशन अनुसार १० जनाभन्दा कम मानिस भेला भएर उनीहरुले औपचारिकता पुरा गरे ।

क्वारेन्टाइन जिन्दगी

पार्टीमा सहभागी भएर बाँचेका मानिसहरु अहिले आइसोलेनमा रहेका छन्। स्वास्थ्य खराब भएका मानिसहरु ठीक भएका छन् । उनीहरु अहिले क्वारेनटाइनमा बसेका छन्। उनीहरु घरमै बस्नका लागि अपिल गरिहेका छन् । ‘यो सामान्य रुघाखोकी होइन महामारी रहेछ,’  मारियाकी छोरी राफेल  भन्छिन् ‘यो एकदम डरलाग्दो र बर्बर भाइरस हो ।’

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो विवादास्पद रुपमा सामाजिक दूरीको नियमलाई अस्वीकार गर्दै आएका छन्। उनले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिँदै यो सामान्य फ्लुमात्र भएको टिप्पणी गर्दै आएका छन्।  लुसिया राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर आश्चर्यमा परेकी छन् । ‘बोलसोनारो बकवास गरिरहेका छन्’ उनले भनिन् ‘उनी जिम्मेवार व्यक्ति हुन त्यसैले सोही अनुरुप जानकारी दिइनु पर्दछ।’ भेरा लुसियाको अबको चुनौती भनेको पाउलो विना जिन्दगीको गाडी अगाडि लैजाने हो । ‘जिन्दगीको गाडी चलिरहँला तर म हाम्रो परिवारसँग भएको घटना अन्य परिवारमा नहोस् भन्ने चाहन्छु,’उनी भनिछन्।

तीन हप्तामा आँकडामा तिव्रता

१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा इलाकामा यो समारोह भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दिनमा देशभर ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कसैको पनि कारण मृत्यु भएको थिएन ।  अहिले कोरोना भाइरसका ६० प्रतिशत बिारमी  साओ पाउलोमा रहेका छन् । दुई करोड भन्दा धेरै मानिस बसोबास गर्ने घना बस्तीको सहरमा साओ पाउलो पर्दछ।

यो घटना भएको तीन सातापछि अप्रिल ८सम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार पुग्यो र ८०० ले ज्यान गुमाए। बेरच लुसिया  परेरालाई थाहा थियो कि कोरोना भाइरस ब्राजिलसम्म आइसकेको छ र फैलिरहेको  छ। उनलाई आफ्नो ५९ औ जन्मदिन मनाउने सोच रद्द गर्ने सोच पनि आएको थियो । ‘तर तत्कालीन समयमा कोरोना भाइरसको घटना सामान्यमात्र थियो अनि हामीले पार्टी मनाउने निर्णय ग¥यौं,’ परेराले बीबीसीसँग भने, ‘देशमा कुनै प्रकारको लकडाउन पनि थिएन। ’

 

प्रतिकृया दिनुहोस्