News Portal

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
६३५ पटक

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रसित छ । विश्वमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण १ लाख ५६ हजार ११४ जनाको मृत्यु भएको छ भने २२ लाख ७६ हजार ६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ८२ हजार ५२० जना स्वास्थ्योपचार पछि निको भएका छन् । विश्वमा अहिलेसम्म ५७ हजार ४९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतको दिल्लीस्थित जहांगपुरी ईलाकामा एकै परिवारका २६ जना सदस्यलाई कोरोना पोजेटिभ पाईएको छ । कोरोना भाइरसको चपेटामा परेका ति सबै व्यक्ति कोरोना हटस्पोटवाला क्षेत्रमा बसोबास गर्ने पाईएको छ । उक्त क्षेत्रलाई दिल्ली सरकारले उक्त क्षेत्रलाई धेरै पहिला देखि नै सील गरिसकेको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २६ जनामै कोरोनाको संक्रमण भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर उक्त २६ व्यक्तिहरुमा सबैभन्दा पहिला कसलाई कोरोनाको संक्रमण भएको थियो भन्ने बारे अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।

स्वास्थ्य विभागको टिमले अहिले पूरा क्षेत्रमा कोरोना परिक्षणमा खटिएको बताइएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४८८ जनाको मृत्यु भएको छ भने १४ हजार ७९२ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ महामारीका कारण थप दुई जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्