News Portal

  • कोरोनाबाट मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति

    रातोपोस्ट
    ५९७ पटक

    काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ ।

    केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाईका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।

    नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गर्नुभएको छ ।

    उहाँले लेख्नुभएको छ, “कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।”

    मुख्यमन्त्री केजरीवालले उहाँको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेख्नुभएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)