News Portal

भारतले १२ मेदेखि रेल सेवा सुरु गर्ने

रातोपोस्ट संवाददाता
७०८ पटक

एजेन्सी। भारतीय रेलवेले १२ मेदेखि देशमा रेल सुचारु गर्ने सूचना निकालेको छ ।

यसका लागि सुरुवातमा जम्मा १५ वटा रेलमात्र चलाइने भएको छ ।

गन्तव्यमा जान चाहने यात्रीहरुले यसका लागि टिकट काट्नु पर्ने छ । रेल मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
भारतको राजधानी दिल्लीमा फसेका व्यक्तिहरुलाई विभिन्न १५ सहरमा पुर्याउनका लागि यो रेल सेवा सुरु गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्