News Portal

कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु

रातोपोस्ट संवाददाता
५७७ पटक

एजेन्सी, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९ लाख ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र १ लाख २ हजार २८९ जनामा देखिएको छ भने ३ हजार १२ जनाको निधन भएको छ ।

बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, पेरु, मेक्सिको, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

प्रतिकृया दिनुहोस्