News Portal

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

रातोपोस्ट संवाददाता
५६६ पटक

काठमाडौँ, जेठ २५ । भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै २९७ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ६ हजार ९४६ जनाभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो रिपोर्ट अनुसार शनिबारमात्रै १० हजारभन्दा बढी संक्रमित फेला परेका छन् भारतमा हालसम्म २ लाख ४६ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै १ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्