News Portal

  • कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु

    रातोपोस्ट संवाददाता
    ४५५ पटक

    काठमाडौं, जेठ २६ : नेपालमा कोरोना स‌ंक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

    कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित भएको पाइएको छ। उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए। उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

    त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति ११ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)