News Portal

  • बार्सिलोनाको सानदार जित

    रातोपोस्ट संवाददाता
    ६९५ पटक

    एजेन्सी। कोरोना महामारीपछिको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।

    बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो ।

    बार्सिलोनाको सानदार जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो ।

    मालोर्कामा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोर्डी अल्वाको पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।

    ७९औं मिनेटमा लियोनेल मेस्सीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

    सानदार जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)