News Portal

काेेराेना अपडेट : विश्वभर कोरोनाबाट ४ लाख ४० हजार ६ सयको मृत्यु

रातोपोस्ट
४९३ पटक

एजेन्सी, असार ३। विश्वभर कोरोनाबाट ४ लाख ४० हजार ६ सयको मृत्यु छ भने ८१ लाख ४५ हजार ४७ संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।

विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ। त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्