News Portal

  • आपराधिक समूहले आक्रमण गर्दा भारतको कानपुरमा ८ प्रहरी मारिए

    रातोपोस्ट
    ४३१ पटक

    एजेन्सी,असार १९ । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन्।

    घटनामा कयौं प्रहरी घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। घटनापछि त्यहाँ हाल ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    बिबिसी हिन्दीका अनुसार कानपुर प्रहरी त्यहाँ विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न गएको थियो।

    राज्यका प्रहरी प्रमूख हितेश चन्द्र अवस्थीले दुबे त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी त्यहाँ गएको बताएका छन्।

    प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थियो। उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्ने बित्तिकै वरीपरीका घरको छतबाट गोली बर्साएका थिए।

    मारिनेमा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन्।

    घटनामा घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)