News Portal

  • गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

    रातोपोस्ट संवाददाता
    ७१९ पटक

    पोखरा, २७ असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शनिबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँका ४ जना, बाग्लुङ र स्याङ्जाका ३-३ जना तथा कास्की र म्याग्दीका २-२ जना छन् । असार २६ गते प्रदेश क्षयरोग केन्द्रमा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३९ नमूनाहरुको परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११७६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको बन्दीपुरका दुईजना पुरुष, शुक्लागण्डकी र ब्यासका १-१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी म्याग्दीको रघुगंगा र अन्नपूर्णका १-१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

    स्याङ्जाको चापाकोट, कालीगण्डकी र वालिङका १-१ जना पुरुषमा पनि संक्रमण देखिदाँ बाग्लुङको बडीगाडका एकजना र गल्कोटका दुइजना पुरुषमा पनि संक्रमण भेटिएको हो । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले दिएको जानकारीका अनुसार प्रदेशभर हालसम्म ६३३ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)