News Portal

  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो

    रातोपोस्ट संवाददाता
    १९६ पटक

    काठमाडौँ, ३० असार । भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन २८ हजारभन्दा संक्रमित फेला परेका छन् ।

    योसँगै संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको छ । सोमबारमात्रै भारतमा २८ हजारभर संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको हो ।

    सोमबारमात्रै ५४० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । ५ लाख ७२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

    प्रतिकृया दिनुहोस्