News Portal

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८२७ पटक

पोखरा, साउन १४ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजा, बाग्लुङ र तनहुँका १–१ जना र म्याग्दीका २ गरी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ। नेपालमा भने कोरोना संक्रमितको संख्या १९ हजार ६८ पुगेको छ।

प्रतिकृया दिनुहोस्