News Portal

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, मृत्यु हुने ६ लाख ७५ हजार

रातोपोस्ट संवाददाता
७३६ पटक

काठमाडौं, साउन १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये ६२.५७ प्रतिशत अर्थात् एक करोड नौ लाख २१ हजार ६२७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५८ लाख ५६ हजार ३३ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १९ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ५२ जनाको मृत्यु भएको छ भने १४ हजार २४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४६ लाख ३४ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ५५ हजार ७१ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)