News Portal

हत्यामा संलग्नता रहेको अभियोगमा एक युवा पक्राउ

रातोपोस्ट संवाददाता
४८१ पटक

ललितपुर, श्रावण १७ । काभ्रेको धुलिखेल नगरपालिका ११ भकुण्डेबेसीका ५४ वर्षीय कामी सिंह तामाङकाे हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति पक्राउ गरिएको हो ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्