News Portal

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

रातोपोस्ट संवाददाता
६७० पटक

एजेन्सी, साउन ३१ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि समय खेल्ने घोषणा गरेका हुन् ।

धोनी विगत १३ महिनायता भारतीय टोली बाहिर थिए । धोनीले पछिल्लो पटक गतवर्ष इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन् ।

प्रतिकृया दिनुहोस्