News Portal

  • भारतमा एकै दिनमा थपिए झण्डै ६० हजार संक्रमित

    रातोपोस्ट संवाददाता
    ३६३ पटक

    काठमाडौं, भदौ ९। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो ।

    संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)