News Portal

  • पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    रातोपोस्ट संवाददाता
    ६८८ पटक

    पोखरा,भदौ ११ । पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ।

    पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

    ती महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो। प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउने उनी पाँचौं हुन्।

    उनीसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)