News Portal

भारतमा कोरोना संक्रमितको दिनदिनै नयाँ रेकर्ड, एकैदिनमा झण्डै ८० हजार संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४२१ पटक

काठमाडौं, भदौं १५ । भारतमा दिन दिनै कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् ।

यो सँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ । यसअघि हिजो ७८ हजार ४७२ जना संक्रमित थपिएका थिए । संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्