News Portal

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार

रातोपोस्ट संवाददाता
११०५ पटक

एजेन्सी, भदौ १६ । भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिने भएको छ ।

मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुखर्जीको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना भएका मुखर्जीको सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)