News Portal

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

रातोपोस्ट
१०२४ पटक

एजेन्सी, असोज १० । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ । विमान दुर्घटनामा २ जना गम्भीर घाइते भएका जनाइएको छ । अन्यको खोजी जारी रहेको जनाइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । अधिकारीहरुले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्