News Portal

बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

रातोपोस्ट
६१७ पटक

दमौली, असोज २१ । बिरामी बुवा भेट्न गएका भीमाद ६ का ७१ वर्षीय वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ । उनी ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए । त्यसक्रममा बुवा र भाइलाई कोरोना संक्रमण देखिएपछि वृद्धमा पनि संक्रमण भेटिएको थियो ।

भाइकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भएपछि उपचारका लागि अस्पताल लैजाने तयारी भइरहँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिए।

उनका बुवा भने हाल राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत छन् । ती वृद्धको चितवनको देवघाटमा नेपाली सेनाले अन्त्येष्टि गरेको निकट आफन्तले जानकारी दिए । भीमाद नगरपालिकाका स्वास्थ्य प्रमुख मनराज बरालले आधिकारिक जानकारी आइ नपुगे पनि कोरोना संक्रमणबाट मृत्यु भएको परिवारले जानकारी दिएको बताए ।

परिवारका सदस्यले संक्रमणबाट ज्यान गएको भने पछि हामीले उहाँलाई चितवन जाँदा प्रयोग गरेको सवारीका चालकबारे खोजी गरेका छौं, उनले भने । अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्