News Portal

  • मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै

    रातोपोस्ट संवाददाता
    ३४३ पटक

    एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ ।

    यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । जहा तीनै ग्रह १८० डिग्री कोणमा सिधा हुनेछन्। नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउँने खगोलीय घटना हरेक दुई वर्षमा एकपल्ट हुन्छ ।

    मंगलबार राती नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बर अघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राती हुने भएपनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

    समाचारमा उल्लेख भए अनुसार तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन् । सन् २०३५ सम्म सबैभन्दा कम दूरी यही नै हुनेछ । यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मंगलग्रह जम्मा ५८ करोड किलोमिटर टाढा थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)