News Portal

भारतमा घट्यो कोरोना संक्रमितको संख्या

रातोपोस्ट संवाददाता
६९० पटक

काठमाडौं, २८ असोज । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । मंगलबार १० हजार भन्दा बढी कोरोनाका संक्रमित घटेका थिए । सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका छन ।

नयाँ संक्रमित ६३ हजार ५२० जना थपिँदा संक्रमणमुक्त हुनेहरु ७३ हजार ९१० जना रहेका छन् । अन्तर १० हजार भन्दा बढीको रहेको छ । भारतमा ७२ लाख ३७ हजार ८२ जना संक्रमित पुगिसकेका छन् । त्यसैगरी कोरोनामुक्त हुनेहरुको संख्या ६२ लाख ९८ हजार ७०५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या घटेर ८ लाख २६ हजार ६५२ रहेको छ । मंगलबार ७२३ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्