News Portal

लागुऔषध गाँजा नदिँदा आफ्नै साथीकाे हत्या

रातोपोस्ट संवाददाता
७४६ पटक

झापा, २९ असाेज ।  केहि  दिनअघि झापामा हत्या गरेर फ्यालिएकाे अवस्थामा  शव फेला परेका २२ वर्षीय अभिषेक चौधरीकाे हत्यारालाई प्रहरीले सार्वजानिक गरेकाे छ।  धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीकाे  शव फेला परेको थियाे।

लागुऔषध गाँजा नदिँदा  चौधरीलाई उनकै साथी रविन राजवंशीले हत्या गरेको खुलेको छ । उनलाई गाँजा नदिएको निहुँमा बञ्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

चौधरीले रविनलाई एक सय रुपैयाँ दिएर गाँजा किन्न पठाएकाे र रविनले पनि गाँजा मागेपछि चौधरीले गाली गरेका कारण घरमा गई बञ्चरो ल्याएर चौधरीकाे बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । प्रहरीले राजवंशीसँगै रगत लागेको सर्ट, हाफपेन्ट, राजवंशीले हत्या गर्दा लगाएको चप्पल र बञ्चरो बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्