News Portal

  • चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

    रातोपोस्ट संवाददाता
    ६६६ पटक

    काठमाडौं, २ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

    गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो ।

    चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)