News Portal

घुससहित मालपाेतका खरीदार र लेखापढी व्यवसायी पक्राउ

रातोपोस्ट संवाददाता
१०८२ पटक

दैलेख, ४ कात्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपाेतका खरीदार र लेखापढी व्यवसायीलाई पक्राउ गरेकाे छ। मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई घुससहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्,।

खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने गाेप्य सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले दुवैजनालाई सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै  नियन्त्रणमा लिएको  र उनिहरू माथि थप अनुसन्धान थालीएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्