News Portal

चर्चित बंगाली अभिनेता चटर्जीको निधन

रातोपोस्ट संवाददाता
७३९ पटक

काठमाडौं, ३० कार्तिक । बंगाली फिल्मका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार कोरोना संक्रमणबाट निधन भएको छ। ८५ वर्षीय चटर्जी एक महिनाअघि कोरोना संक्रमण भई कोलकातास्थित एक अस्पतालमा उपचार गराइरहेका थिए।

जीवनको उत्तरार्धमा पुगिसक्दा पनि उनी फिल्म अभिनय निर्माणमा सक्रिय थिए। चटर्जीले सेप्टेम्बर अन्त्यमा परमव्रत चट्टोपाध्यायको फिल्म ‘अभिज्ञान’ मा सुटिङ गरेका थिए । यसका साथै उनी विभिन्न वृत्तचित्रमा पनि काम गरिरहेका थिए। सौमित्र चटर्जीले ओस्कार विजेता निर्देशक सत्यजित रेसँग मिलेर १४ वटा फिल्ममा काम गरेका थिए ।

उनले एक सयभन्दा बढी फिल्ममा काम गरेका छन्। तीमध्ये दुई फिल्म ‘निरुपमा’ र ‘हिन्दुस्तानी सिपाही’ हिन्दी हुन् । उनले हिन्दी फिल्म ‘स्त्री का पत्र’ नामक फिल्म निर्देशन पनि गरेका थिए । उनी सन् २०१२ मा दादा साहब फाल्के अवार्डबाट सम्मानित भएका थिए । यस्तै उनलाई २००४ मा भारत सरकारले पद्मभूषण सम्मान प्रदान गरेको थियो।

प्रतिकृया दिनुहोस्