News Portal

म्याराडोनाको निधनप्रति दुःख व्यक्त गर्दै पेलेले भने : अब हामी स्वर्गमासँगै बल हान्नेछौं

रातोपोस्ट
९७३ पटक

काठमाडौं, ११ मंसिर । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो।

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन्।अर्जेन्टिनालाई आफ्नो कप्तानीमा १९८६ को विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए। पेलेले म्याराडोनाको निधनप्रति गहिराे दु:ख व्यक्त गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- ‘उनीजस्ता साथी गुमाउनुपर्दा निक दुःख लागेकाे छ। भगवानले उनको परिवारलाई सहने शक्ति दिउन्। याे पक्का छ- कुनै दिन हामी स्वर्गमा सँगै फुटबल हान्नेछौं।’ इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस्