News Portal

एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
१७९३ पटक

बाँके, २३ मङ्सिर। नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।
केही मानिसहरुले एटिएम मेशिनमा चोरी गर्न लागेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त एटिएम बुथ तोडफोड गरी भाग्न लागेको अबस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्