News Portal

प्रतिबन्धित लागूऔषध २० ग्राम ब्राउनसुगर सहित काकडभिट्टाबाट १ जना नियन्त्रणमा

रातोपोस्ट संवाददाता
७४० पटक

झापा, ८ माघ । प्रतिबन्धित लागू औषध २० ग्राम ब्राउनसुगरसहित १ जनालाई प्रहरीले  नियन्त्रणमा लिएकाे छ।
हिजाे दिउँसाे ३ः ३० बजेको समयमा झापाकाे मेचिनगर- ६ मेचिपुलबाट विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा  झापाकाे कमल गाउँपालिका वडा नं ६ बस्ने बर्ष २० को नबराज भट्टराईलाई चेकजाच गर्ने क्रममा पक्राउ गरेकाे हाे।

पक्राउ परेका उनले गुप्ताङमा लुकाई छिपाइ ल्याउँदै गरेको खैरो लिसाईलो पदार्थ ब्राउन सुगर २० ग्राम फेला पारी बरामद गरी निजलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरीले जनाएकाे छ। 

आज जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडी बढाईने प्रहरीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्