News Portal

जबर्जस्ती करणी आराेपमा मन्थली नगरपालिका- १० का वडाध्यक्ष पक्राउ

रातोपोस्ट संवाददाता
६९१ पटक

रामेछाप ,१० माघ। रामेछापको मन्थली नगरपालिका वडा नं. १० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरिय प्रहरी वृत्त ठिमी, भक्तपुरमा उनका नाममा उजुरी परेको र साेहि अनुरूप आज उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

आरोपी बोहोरालाई ठिमी क्षेत्रमा नै जर्बजस्ती करणी गरेको आरोप प्रहरी वृत्त ठिमीमा परेपछि उनलाई पक्राउ गरिएकाे हो ।

आजै महानगरीय प्रहरीकाे टाेली रामेछाप आइपुग्ने र बोहोरालाई जिम्मा लगाउने कार्यक्रम रहेको पनि प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्