News Portal

भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

रातोपोस्ट संवाददाता
८५१ पटक

काठमाडौं, १७ माघ । भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। साथै २० जनाभन्दा बढी घाइते भएका छन्। आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्।

ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो। नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो।

प्रतिकृया दिनुहोस्