News Portal

कतार मोर्चाले २६ औं जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रम मनायाे 

रातोपोस्ट संवाददाता
८५५ पटक

कतार, १४ फागुन  । नेपाली जनप्रगतिशिल मोर्चा कतारले २६ औं जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ।

जनयुद्धका महान शहिदहरुको सपना पुरा गर्न प्रवासी नेपालीहरूको भुमिका  बैज्ञानिक समाजवादको लागि बैकल्पिक संयुक्त सत्ता आजको आवश्यकता  भन्ने समसामयिक नाराको साथमा सहिद सप्ताह कार्यक्रम भब्य रुपले सम्पन्न गरेकाे हाे ।

मोर्चा अध्यक्ष जयकिशोर पोद्दारको सभापतित्वमा भएकाे कार्यक्रममा  प्रमुख अतिथि जन जागरण मंचका अध्यक्ष शहिद परिवार, कान्तिपुर पत्रीकाका स्तम्भकार तथा नेपाल रास्ट्रीय शिक्षक संगठनका भुतपुर्व अध्यक्ष गुणराज लोहनी रहेका थिए।

अन्य  अतिथिहरुमा बामपंथी बुद्धिजीवी खगेशोर केसी, बामपंथी बुद्धिजीवी, मोटिभेटर तथा जनजागरण मंचका केन्द्रीय सदस्य नरबहादुर कार्की, कतार मोर्चाको प्रमुख सल्लाहकार रमेश गिरी, सल्लाहकार रेशम पौडेल, सल्लाहकार श्रीकृष्ण भट्टराई, साउदी मोर्चा महासचिव तथा शहिद परिवार टिकाराम ओलि र  साउदी मोर्चा भुपु अध्यक्ष युवराज कार्की रहेका थिए । त्यसैगरी बहराइन मोर्चाका  अध्यक्ष भिम केरुङ र महासचिव मिनराज नाथ, कुबेत मोर्चाका अध्यक्ष बसन्त बिश्वकर्मा, अमेरिका मोर्चाका अध्यक्ष बिश्व बहादुर शाह, युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल, पोर्चुगल मोर्चाका अध्यक्ष पुर्णबहादुर बिक, जर्मनी मोर्चाका अध्यक्ष शेरबहादुर तुम्बापो, स्पेन मोर्चाका प्रतिनिधि गोपाल रेग्मी, र बेल्जियम मोर्चा संयोजक मेख गुरुङ पनि रहेका थिए ।

कार्यक्रममा जनजाती सरोकार मंच बेल्जियमका अध्यक्ष बदन योङहाङ, जापान मोर्चाका महासचिव निराजन गैरे, मलेसिया मोर्चाका अध्यक्ष बिजय लामा, युएई मोर्चाका प्रतिनिधि ऋषि गैरे, प्रवासी नेपाली जनसमाजका भारतका सचिव गोबिन्द पान्डे, द कोरिया र हङकङ मोर्चाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  त्यस्तै गरी प्रगतिशील नेपाली समाजका जेपि मोक्तान सहित साउदीका अध्यक्ष भुपेन्द्र रसाइली, युएईका अध्यक्ष जीवन दास, कतारका र मलेसियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समसामयिक नारा अनुसार हामी विदेशीएका युवाहरूले अब रास्ट्रीय राजनीतिमा दखल पुर्याउनु पर्ने र विदेशको शिपलाइ नेपालमा प्रयोग गर्नुपर्ने तदारुक्ताका साथ अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने बारेमा सबैको एकमत रहेको थियो।

प्रमुख अतिथि लोहनीले जनयुद्धको इतिहासबारेमा प्रकाश पार्दै १४ बर्से बालक दिलबहादुर रमतेलले आफ्ना शिक्षकलाई गिरफ्तार गरि नलगिदिन रोइ कराइ बिलौना गरिरहेको बेलामा हत्या गरेर आज कै दिनबाट हत्याको शृङ्खला शुरु गरेको थियो भने हप्ता दिन नपुग्दै राति एकै घरमा सुतिरहेका छ भाइ खत्री बन्धुहरुको सामुहिक हत्या गरेर बितन्डा मच्चाएको बताएका थिए।

त्यस्तै बामपंथी बुद्धिजीवी खगेशोर केसीले समस्या ब्यबस्थामा रहेको र ब्यक्ति फेरेर हल नहुने त्यसकारण रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा सबैतिरबाट एकजुट भएर ब्यबस्थाको विकल्पमा बैकल्पिक सत्ता बैज्ञानिक समाजवाद स्थापनाको लागि लागिपर्नु पर्ने बताए। अर्का बक्ता नरबहादुर कार्कीले क्रान्तिको यात्रा कठिन रहेको र आपस मिलेर नै सफलता हासिल गर्न सकिने  बताए ।

बिश्व भरी छरिएर रहेका मोर्चामा आवद्ध मजदुरहरुको मत र संयुक्त रणनीतिक मोर्चामा आबद्ध पार्टीहरुको भात्रू संस्था प्रगतिशील नेपाली समाजका युवा मजदुरहरूको आवाज पनि एउटा नै रहेको थियो। आयोजित कार्यक्रमको संचालन कतार मोर्चा महासचिव रबिन पुन ले गरेका थिए।

 

 

प्रतिकृया दिनुहोस्