News Portal

गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ

रातोपोस्ट संवाददाता
५२५ पटक

पोखरा, २९ बैशाख । गण्डकी प्रदेशमा पुन: नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसियतमा बुधबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मतदान हुने भन्दा एक दिन अघिनै वैशाख २६ मा राजीनामा दिएपछि गुरुङ कामचलाउ सरकारका मुख्यमन्त्री थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आव्हान गरेकी थिइन् ।

उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा त्यसभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्