News Portal

विश्वमा १४ करोड ५० लाखभन्दा बढीले जिते कोरोना

रातोपोस्ट संवाददाता
७२५ पटक

काठमाडौँ, ५ जेठ ।  विश्वमा अहिलेसम्म १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन् । सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिमामा संक्रमित संख्या ३ करोड ३७ लाख ७४ हजार ९४५ पुगेको छ । बितेको २४ घण्टामा २७ हजार ५०६ संक्रमित थपिएका छन् । सोही अवधिमा ७३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख १ हजार ३३० पुगेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र बनेको भारतमा संक्रमण दर क्रमश: घट्न थालेको छ । केही दिन चार लाखभन्दा बढी संक्रमित थपिएको भारतमा अहिले क्रमश: संक्रमितको संख्या घट्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको तथ्यांक अपडेट गरिरहेको वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा भारतमा २ लाख ६७ हजार १७४ जनामा संक्रमण थपिएको छ । सोही अवधिमा ४ हजार ५२५ नागरिकले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । त्यस्तै अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा २ करोड १९ लाख ७९ हजार ७०३ जनाले कोरोनालाई जितेका छन् । ३२ लाख ३२ हजार १६५ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्