News Portal

हृदयघातका कारण वडा अध्यक्षको मृत्यु

रातोपोस्ट संवाददाता
४८९ पटक

मनाङ, २२ असार । हृदयघातका कारण मनाङमा एक वडा अध्यक्षको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका–५  वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको सोमबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिएका छन् ।

घलेका अनुसार जिल्ला अस्पताल लमजुङमा सोमबार उनको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहेका उनको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

काठमाडौँ आएका छिरिङ आइतबार मात्रै बेंसीशहर पुगेका थिए । होटलमा बसिरहेका उनी बेहोस भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्