News Portal

दमौलीमा भीषण आगलागी

रातोपोस्ट संवाददाता
३९७ पटक

तनहुँ, २२ फागुन । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेका अनुसार अहिलेसम्म सात वटा घर जलेको जानकारी दिएका छन् ।

उनका अनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सिम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ । यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्